- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही। मानिसको दिमागबाट नै फोहोरलाई हटाउने अभियान लिएर हिडेका चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई अहिले जनताको दरिलो साथ मिलिरहृको छ । पूर्व पश्चिम राजमार्ग सरसफाई अभियान अन्र्तगत यो जोडी अहिले सर्लाही पुगेको छ । नवलपरासीबाट सुरु भएको सफाई अभियान चितवन, मकवानपुर, वारा, रौतहट हुँदै सर्लाही पुगेको हो ।
सर्लाहीको हरिवन, लालवन्दी, इश्वरपुरमा पुग्दा दसौ हजार मानिसले सहभागीता जनाएका छन् । जनआन्दोलन पछि यती धेरै मानिस एक साथ भेला भएको स्थानिय बासिन्दा बताउँछन् । आफूहरुको अभियानमा देखिएको उत्साहजनक सहभागीताले हौसला मिलेको र अभियान प्रभावकारी बन्दै गएको महशुश भएको सितारामले बताए ।
राजमार्ग फोहोर हुँदा यात्रा गर्ने मानिसमा पनि नकारात्मक असर परेको भन्दै यो अभियान थालनी गरिएको हो । यो जोडीले यस अघि विभिन्न जिल्ला पुगेर सफाई अभियान संचालन गरिसकेको छ । देशबाट नै फोहोर हटाउने अभियानमा जनताले समेत साथ दिन थालेपछि आफूहरु झनै उत्साहित भएको कुञ्जनाले बताइन् ।