arrow

प्रजातन्त्रवादी प्राध्यापकहरुको महाधिवेशन बैशाखमा गर्ने तयारी

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Nepal-democrat-professor-Union.jpg.jpeg
काठमाडौ। नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले संघीय स्वरुप अनुसार शैक्षीक पुर्नसंरचना गर्दा प्राध्यापकहरुलाई अधिक सहभागी गराउन माग गरेको छ । कैलालीको धनगढीमा हिजो र आज गरी दुई दिन सम्म भएको सुदुरपश्चिमाञ्चल स्तरीय भेलाले नयाँ शैक्षीक संरचना बनाउदा प्राध्यापकहरुलाई अधिकतम सहभागी गराएमा बैज्ञानिक, व्यवहारिक र गुणस्तरीय हुने निश्कर्ष निकालेको हो ।
 
भेलाले शैक्षीक पुर्नसंरचनाका लागि द्रुत रुपका काम गर्नु पर्ने बेला भईसकेकाले तत्काल काम अगाडी बढाउन पनि सरकारलाई आग्रह गरेको संघका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिनुभयो । साथै नेपालका सवै विश्वविद्यालयहरुको संरचना पनि संघीय स्वरुप अनुसार गराउनु पर्नेमा भेलामा सहभागीहरुले जोड दिएका थिए । 
 
झण्डै पाँच सय प्राध्यापकहरु सहभागी भएको भेलाले आउदो चैत्र मसान्त भित्रमा देशभरका सवै क्याम्पसहरुमा संघको ईकाई अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।  इकाई अधिवेशन सम्पन्न भएको एक महिना भित्रमा संघको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ