arrow

सरकारको काम कर्तव्यप्रति जनता असन्तुष्ट

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
badri-pandey.jpg.jpeg
प्रेम रौले, बाजुरा । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सभासद बद्रीप्रसाद पाण्डेले अहिलेको सरकारको काम कर्तव्यप्रति आफु सन्तुष्ट नभएको बताएका छन् । नेपाली कांग्रेसले अहिलेको सरकारलाइ सहयोगको सकारात्मक सोचको बनाएका थियौ, तर त्यो हुन नसकेको बताएका छन् । उनले सरकारले गरेको अहिलेको गतिविधी सकारात्मक नभएको बताएका छन् । 
 
नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले गरेको पत्रकार सम्मेलनमा पाण्डेले जिल्लामा शिक्षा एकदमै जटिल समस्या भएकाले यसलाइ न्युनिकरण गर्नका लागि कलम चलाउन आवश्यक रहेको बताएका छन् । 
 
पत्रकारहरुको अहिले नाका बन्दी र आन्दोलनले गर्दा इन्धन अभावको कारण जिल्लामा निर्माण हुन लागेका निर्माण्का कार्य अगाडी नबढेको प्रश्नमा नेता पाण्डेले भने विकास निर्माणका कार्यमा कुनै बहाना गरेर काम नगर्नु गलत भएको बताए् । विकास निर्माणका कार्यमा बाधा नआउन दिनलाका लागि इन्धनको लागि पहल गर्ने उनले बताएका छन् । उनले भारतबाट आउृने इन्धन नाकाबन्दीले केही समस्या भएको भएपनि छिट्टै समाधान हुने बताए । 
 
काँग्रेसको महाधिबेशनको क्रियाशिल सदस्यतामा दश जिल्लामा विवादित भएकाले यसलाइ समाधान गर्न लागेको बताए । नेपाली कांग्रेस देशको ठुलो दल भएकाले आन्तरिक लोकतन्त्रालाई मजबुत बनाउनका लागि अनुकरणीय भुमिका खेल्दै आएको दाबी गरेका छन् । 
 
पत्रकार सम्मेलनमा पूर्व सभासदद्धय देवराज जोशी, महा नेपाली, नेपाली कांग्रेस सेती अञ्चल समन्वय समिति सदस्य रामसिंह रावल नेपाल प्रेस युनियन केन्द्रिय सदस्य दयाराम पण्डित लगायतको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ