arrow

शिक्षक सघंको अध्यक्षमा मल्ल

logo
प्रकाशित २०७३ चैत २ बुधबार
Bajhang-hamrakura-new.jpeg
शैलेन्द्र रोकाया,बझाङ। नेपाल शिक्षक सघंको आठौ जिल्ला अधिबेसनबाट जालपा उमाबिका शिक्षक उत्तम बहादुर मल्लको नेतृत्वमा नयाँ कार्य समिती चयन गरिएको छ । दुई दिन सम्म भएको सहमतीको प्रयास पछि सर्ब सम्मत रुपमा नयाँ कार्य समिती चयन भएको हो । 
 
कार्य समितीमा महिला उपाध्यक्षमा शाँन्ति गिरी ,सुबाससिंह कठायत, सचिब गगन बिष्ट, सचिब अर्थ हिरेन्द्र सिहं सह सचिब चक्र बिष्ट र शान्ति सिहं चयन भएका छन् । यसका सथै सहसचिब अर्थमा चन्द्र उपाध्याय , सहसचिब बम नेपाली सहसचिब धन बहादुर सहित सदस्यमा पुस्पलाल जोशी , शान्ति कुमारी , राधिका जोशी , जंग बहादुर बोहरा , बर्तराज जोशी ,गोरख बहादर खड्का डबल बहादुर सिंह सहित १८ जनाको कार्य समिती चयन भएको छ । 
 
यसका साथै आठौ जिल्ला अधिबेसन बाट सघिय प्रतिनिधी कलावती जोशी , जयन्ति जोशी , ललित सिहं, लोकेन्द्र खडका , नरेन्द्र भण्डारी ,लुलालक्ष्मी जोशी, देबकी मल्ल,लगायत ८ जना छनौट भएका छन् भने केन्दिय प्रतिनिधी अन्य ५  जना छनौट गरिएको निर्वाचन मण्डलका सचिब खगेन्द्र जोशीले बताउनु भयो । ११ सय ९७ जना साधारण सदस्य रहेको सघंको जिल्ला अधिबेसनले शिक्षकको हक हितका साथै शिक्षाको गुणस्तर सुधार गर्न जोड दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ