arrow

एम्बुलेन्स दुर्घटनामा ३ को मृत्यु, २ घाईते

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
ambulance2.png.png
जितेन्द्र भण्डारी, पाँचथर । मेची राजमार्ग अन्र्तगत इलामको गोदक ४ तिनघरेमा सोमबार विहान ५ वजे भएको एम्बुलेन्स दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २ जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा पाँचथर फिदिमका ६० वर्षिय नरीमाया चौहान, ४२ वर्षिय आनन्द अधिकारी, र २० वर्षिय रेनुका अधिकारी रहेका छन् । झापाको विर्तामोड बाट फिदिम तर्फ आउँदै गरेको मे १ च १७४७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

गम्भिर घाइते हुनेमा चालक सुरुङ्गा ३ का ज्ञाननाथ प्रसाई र फिदिम नगरपालीका १ का टीकाराम अधिकारी रहेका छन ।

घाइतेलाई विर्तामोड लगिएको छ । झापाबाट फिदिम बिरामी लिएर आएको जनमैती सामाजीक संस्थाको एम्बुलेन्स मेची राजर्मागको गोदक खण्डमा सडकबाट करिव ३०० मिटर तलझरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ