arrow

युट्युवमा भाइरल भयो 'बाहुबली टु' को ट्रेलर, घण्टामै १४ लाखले हेरे

सार्वजनिक भयो 'बाहुबली टु' को ट्रेलर, अप्रिल २८ मा रिलिज हुदै

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
BAHUBALI.jpeg
एजेन्सी । सन् २०१५ को चलचित्र 'बाहुबली' को सीक्वल 'बाहुबली टु' को ट्रेलर युट्युवमा भाइरल भएको छ । चलचित्र अपलोड गरेको घण्टा भरमै १४ लाख बढि दर्शकले हेरेका छन‍् ।  'बाहुबली टु' को ट्रेलर ट्रेलर  बिहिबार यू ट्यूबमा  धर्मा प्रोडक्शनले सार्वजनिक गरेको हो । हामिले समाचार तयार पार्दा सम्ममा चलचित्रको ट्रेलर १४ लाख ६२ हजारले हेरेका छन् ।  
 
हालै रिलिज गरिएको चलचित्रको टीजर बताइएको छ । जसमा बाहुबलीलाई रगतमा लतपतिएको देखाइएको छ । बाहुबली- द बिगेनिङ पछि चलचित्रको सिक्वेलको प्रतिक्षामा दर्शकहरु रहेका थिए । 
 
निर्देशक एसएस राजामौली निर्देशित चलचित्र बाहुबली- द कनक्लुजन अप्रिल २८ मा रिलिज हुदैछ ।
 
चलचित्रको दोस्रो भागमा पनि पुरानै कलाकारहरु रहेका छन् ।चलचित्रमा  प्रभास, राणा डग्गूबाती, तमन्ना भाटिया, अनुष्का शेट्टी, सत्यराज र राम्या कृष्णन मुख्य भुमिकामा रहेका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ