arrow

एक दिनमा ३ पटकसम्म मूल्यबृद्धि

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
udayepur.jpg.jpeg
गोपाल पोखरेल, उदयपुर । भारतले लगाएको नाकाबन्दी र तराई बन्दको बहाना बनाएर बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य एक दिनमा ३ पटकसम्म वृद्धि हुने गरेको छ । सदरमुकाम गाईघाटलगायत बेल्टार र कटारीवजारका व्यापारीले आफ्नो बस्तुको बजार माग हेरेर बिहान, दिउँसो र बेलुका गरेर ३ पटकसम्म बढाउने गरेका हुन् । 

व्यापारीले म्याद सकिएका खाद्यबस्तु तथा औषधि बिक्री गर्ने, दुंगाको किलो र बाँसको तराजु प्रयोग गर्ने र ग्राहकलाई ठग्ने गरेको बर्षौ वितेपनि हालसम्म कुनै व्यापारीलाई कारबाही हुन सकेको छैन । बिषेशगरी तरकारी, खानेतेल, चामल, चिनी, मसला, सावुनलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य कुनै दिन स्थिर नहुने र पसलैपिच्छे फरकफरक हुने उपभोक्ताले बताएका छन् । 

“दिउँसो प्रतिकेजी ८० रुपैयाँले बेचेको टमाटर साँझमा ६० रुपैयाँमा पाइन्छ, त्यही टमाटर किन्न बिहान गए ९० रुपैयाँ तिर्नुपर्छ” उपभोक्ता संचिता दाहालले भनिन् “व्यापारीमा कम गुणस्तरको सामान जतिसक्दो बढीमा बेचेर धेरै नाफा कमाउनुपर्छ भन्ने भावनाको विकास भएको छ” । हरेक पसलमा हरेक सामानको मोल फरकफरक हुने गरेको उनको भनाई छ । 

“दैनिक ३ पटकसम्म मूल्यबृद्धि हुने गरेको छ” अर्की उपभोक्ता तारा सिवाकोटीले भनिन्, “विशेषगरी तरकारी र फलफूल र दैनिक उपभोग्य बस्तुमा यस्तो भएको छ ।” बजारमा ९० रुपैयाँमा पाइने आधा लिटरको धारा खानेतेलको मूल्य अहिले बढेर १ सय ५० पुगेको उनको भनाई छ ।  

गत बर्ष एक दुई पटक गाईघाट, बेल्टार र कटारीबजार अनुगमन गरिएपनि त्यसपछि अनुगमन भएको छैन । अनुगमन गर्ने कोही नभएकै कारण बजारका ठूला तथा साना व्यापारीले मनमौजीरुपमा मूल्य तोकेर ग्राहकलाई ठग्ने गरेका हुन् । अहिले सदरमुकाम गाईघाटसँगै जिल्लाका कटारी र बेल्टार बजारमा अखाद्य तेल, पिठो, दाल, बिस्कुट,चाउचाउलगायतका दैनिक उपभोग्य बस्तुको आफुखुशी मूल्य तोकेर खुलेयाम बिक्री हुँदै आएको उपभोक्ताले बताएका छन् ।  

“मूल्यबृद्धि रोकिने कुनै छाँटकाँट छैन” बेल्टारका उपभोक्ता बालकृष्ण कार्कीले भने “बजारमा मूल्यसूचि छैन, कपडा, खाद्यान्न र अन्य दैनिक उपभोग्यवस्तुको मूल्य दैनिक ३ पटकसम्म बढ्ने गरेको छ” । यस्तो हुँदा पनि बजार अनुगमन गर्ने निकाय मौन रहेको उनले वताए । “ढुंगाको ढक र बाँसको तराजुले जोखेर सामान दिन्छन् ” कार्कीले भने, “ दशै अघि बजार अनुगमन गरेर म्याद सकिएका सामाग्री नष्ट गर्ने चेतावनी दिने बाहेको अन्य कुनै काम भएको छैन” । निरन्तर अनुगमन नभएकै कारण व्यापारीले नाकाबन्दी र तराई बन्दको बहाना पारेर जतिबेला मनलाग्यो त्यतिबेलै मूल्य बढाउने गरेको र उपभोक्ताले चर्को मूल्य सहनुपरेको उनको तर्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ