arrow

काठमाडौमा ९ मतदान स्थल र ४ केन्द्र बढ्ने

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
ktm_election.jpeg
काठमाडौ । मतदान केन्द्र सिफारिस समितिले काठमाडौँ जिल्लामा साविकमा रहेका ३ सय ११ मतदान स्थलबाट संख्या बढाएर हाल ३ सय २० वटा मतदान स्थल सिफारिस गरेको  छ । यस्तै साविकमा रहेका ७ सय ४१ वटा मतदान केन्द्रबाट बढाएर ७ सय ४५ वटा बनाएको छ । मतदान स्थल र केन्द्र मा मात्र घटबढ होईन हाल साविकका वडा संख्यामा पनि घटवढ छ । स्थानीय तह पुन संरचना भएसँगै काठमाडौँ जिल्लामा साविककामा रहेका २ सय १० वटा वडाबाट संख्या घटेर १ सय ३८ कायम छन् । क्षेत्रीय निर्वाचन आयुक्त चन्द्रप्रसाद गौत्तमले जानकारी दिए। 
 
काठमाडौँ जिल्लाका १ सय ३८ वटा वडाहरुमध्ये काठमाडौँ महानगरपालिका क्षेत्रमा ३२ वडा रहेका छन् । महानगरका ३२ वटै वडाहरुमा १ सय ६५ वटा मतदान स्थल छन् भने ३ सय ७९ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौँ महानगरपालिकामा सबै भन्दा बढी मतदान स्थल रहेको वडा ३१ हो । यस वडामा ११ वटा मतदान स्थल रहेका छन् भने २५ वटा मतदान केन्द्र रहेका छन् । हालको वडा नं ३१ साविकको वडा नम्बर ३४ हो । 
 
१९ हजार १ सय ५७ जना मतदातासहित सबै भन्दा बढी मतदाता संख्या भएको वडाका रुपमा चिनिएको वडा नं. १६ मा १० वटा मतदान स्थल र २५ वटा मतदान केन्द्र रहेका छन् । वडा नं. ३२ मा ९ वटा मतदान स्थल र २४ वटा केन्द्र रहेका छन् । हालको वडा नं ३२ साविकको वडा ३५ हो । 
 
यस्तै सबै भन्दा कम मतदाता रहेको वडा नं. ९ मा मतदान स्थल ९ वटा र १६ वटा मतदान केन्द्र छन् । वडा नं. ६, ७ र २६ मा मतदान स्थल ७÷७ वटा रहेका छन् भने मतदान केन्द्र ६ र ७ वडामा १८— १८ वटा साथै वडा २६ मा ८ वटा रहेका छन् ।  
 
महानगरको वडा नं.४, १३, १४ र १५ मा ६ वटा मतदान स्थल — मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा परेका छन् । त्यस्तै वडा ४ मा १८, वडा १३ मा १४, वडा १४ मा २२ र वडा १५ मा १७ वटा मतदान केन्द्र तोकिएका छन् ।  वडा नं. ३० मा ५ वटा मतदान स्थल र १० वटा केन्द्र रहेका छन् । हालको वडा नं. ३० साविकको वडा नं. ३३ हो। 
 
४ वटा मतदान स्थल रहेका वडाहरुमा २, ३, १०, ११, १७, २१, २२, २५, २७ र २८   पर्छन् । यी वडाहरुमा मतदान स्थल समान रहे पनि मतदान केन्द्रको संख्या समान छैन । 
वडा २ मा ८, वडा ३ मा १२, वडा १० मा १३, वडा ११ मा ८, वडा १७ मा ११, वडा २१ र २७ मा ८ — ८ वटा केन्द्र रहेका छन् । 
 
३ वटा मतदान स्थल रहेका वडाहरुमा १, ५, ८, १२, १८ र २९ पर्छन् ।  यी वडाहरुमा समेत स्थल संख्या समान भएपनि केन्द्र संख्यामा समानता छैन । आयोगका अनुसार वडा १ मा ५, वडा ५,८ र १२ मा ७, वडा १८ मा ६ र वडा २९ मा ९ वटा मतदान केन्द्र तोकिएका छन् । 
 
मतदान स्थाल २ वटा रहेका वडामा १९, २० र २४ पर्छन् । वडा १९ मा मतदान केन्द्र ७ वटा छन् भने वडा २० र २४ मा ६ वटा मतदान केन्द्र छन् ।  मतदान स्थल संख्याका आधार पुच्छारमा रहेको महानगरको वडा २३ हो । यस वडामा एउटा मात्र मतदान स्थल रहेको छ भने ५ वटा मतदान केन्द्र तोकिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ