arrow

विराटनगरमा महतो पिटिएपछि महोत्तरीमा विद्यालय बन्द

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
mahottari-1.jpg.jpeg
महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि तीन दिनका लागि महोत्तरीका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएको छ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरको जोगवनी सीमा नाकामा प्रहरीले बल प्रयोग गरी घाइते बनाएको विरोधमा मोर्चाले सोमबारदेखि पुस १५ गतेसम्मका लागि जिल्लाका हरेक शिक्षण संस्था बन्द गराएको हो । 

विद्यालय सञ्चालनमा रहँदा बालबालिकाको सुरक्षा मुख्य चुनौती रहेकाले सम्पूर्ण शिक्षण संस्था तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको मोचाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यता मोर्चाका कार्यकर्ताले जिल्लाका प्रमुख व्यापारीक केन्द्र गौशाला, औरही, रामगोपालपुर, कान्तिबजारलगायत ग्रामीण क्षेत्रमा रहेका हाटबजारहरु अनिश्चितकालको लागि बन्द गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ