arrow

दुईटा मुटुको कुरा गर्दै मदन(भिडियो)

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Madan-Nes.jpg.jpeg
काठमाडौं । गायक मदनकुमार राईले आफ्नो एल्बमको अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ‘तिर्खा’ एल्बमको ‘तिम्रो जस्तो दुईटा मुटु...’ बोलको गीतको भिडियो यु–ट्युबमार्फत रिलिज गरेका हुन् ।

मदनको ‘तिर्खा’ मा जम्मा चार गीत छन्, जसमा ‘गाउँकी गोरीले’ र कर्कलाको पानी जस्तो जीवन’ बोलको म्युजिक भिडियोलाई उनले यसअघि नै यु–ट्युब र टेलिभिजनमार्फत सार्वजनिक गरिसकेका छन् । ती गीतहरु श्रोताले रुचाएका पनि छन् । ‘तिम्रो जस्तो दुईटा मुटु...’ गीतको भिडियोलाई संगीतकार ओमप्रकाश राईले निर्देशन गरेका हुन् । ज्ञानु राईको छायांकन रहेको यस भिडियोमा गायक आफैले पनि मोडलिङ गरेका छन् ।

साथमा मनोज र सोनुको अभिनय हेर्न सकिन्छ । शेर्बा राईको शब्दरचना रहेको यस गीत विशेषगरी विदेशमा बस्नेले एकपटक सुन्नै पर्ने देखिन्छ । गीतमा मायालुलाई स्वदेशमा छाडेर विदेश गएका प्रेमीको कथा उनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ