arrow

किन कुटे कपिलले सुनिल ग्रोवरलाई ?

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
comduo.jpeg
एजेन्सी ।  भारतका  चर्चित अभिनेता तथा कमेडियन कपिल शर्मा शनिबार आफ्नो प्रेमिकाको तस्विर सार्वजनीक गरेर चर्चामा आएका थिए । भने फेरि उनि रक्सीका कारण चर्चामा आएका छन् । उनले रक्सी पिएर कलाकार साथि सुनिल ग्रोवरलाई कुटेको खवर सामाजिक संजालमा छाइरहेको छ ।
 
भारतिय सञ्चार माध्यमका अनुसार कपिलको टिम अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा विमानमा सुनिलसँग सामान्य विवादले झगडाको रुप लिएको हो। कपिलले रक्सी पिएर  डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण  गाली गरेका थिए । कपिलको गाली सुनेर पनि ग्रोवर  चुप लागेर बसि रहे तर उनलाई कपिलले मारपिट नै गरे । 
 
सो दृश्यले विमानमा रहेका यात्रुले कपिललाई समाउन खोजे तर सुनिलले रक्सीले पिएका कपिललाई  वास्ता नगर्न आग्रह गर्दै अरुलाई त्यहाँबाट जान आग्रह गरे ।
 
सो घटनाको विषयमा कपिललाई बलिउड लाइफले गरेको प्रश्नमा आफुलालाई याद नभएको प्रतिक्रिया दिएका छन् । साथै उनले भने 'हाम्रो प्रत्येक फ्लाईट ,प्रत्येक ठाउमा लडाइ हुन्छ । यो एक स्वस्थ बहसको रुप हो । हामि राम्रो काम गर्नको लागि लड्छौ ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ