arrow

मतपत्र छापिदै : चुनाव चिन्ह कसको कति नम्बरमा ? (सूचीसहित)

आयोगको ट्रिक : संविधानसभाको समानुपातिक मतसंख्याका आधारमा क्रम निर्धारण

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
Chunab-Chinha-ne-w.jpeg

काठमाडौं । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने निर्णय गरेको छ । उनीहरुले २०७० को संविधानसभा चुनावमा समानुपातिक तर्फ पाएको मतको  आधारमा स्थानीत तह निर्वाचनको मतपत्रमा चुनाव चिह्नको क्रम तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण गर्दा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतसंख्याको आधारमा अबको मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गरिनेछ ।’

आइतबार बेलुका देखि आयोगले छाप्ने मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न रहने बताइएको छ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न रहनेछ । नयाँ संरचनामा जानुअघि चुनाव चिह्न निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार निर्धारण हुँदै आएको थियो । जसले आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद निम्तिन्थ्यो ।

यसैबीच, संसदमा रहेका राजनीतिक दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनिसकेको छ । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ ।
संसदमा समानुपातिकको एक सिट मात्रै रहेको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरेको छ । अहिले विज्ञान प्रविधि मन्त्री रहेका प्रेम बहादुर सिंहको समाजवादी जनता पार्टी खारेजीबारे अदालतले बोलेपछि मन्त्री सिंहलाई केही राहत भएको छ । उता नेपाः राष्ट्रिय पार्टी आयोगमा दर्ता नै नभएको बताइँदै छ ।

Image may contain: text

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ