arrow

म्युजिक भिडियोमा १२ बुँदे सहमतिदेखि सविधान जारीसम्म(भिडियो)

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Sashi.jpg.jpeg
काठमाडौं । देशमा नाकाबन्दी र तराई आन्दोलनले असर गरिरहेका बेला सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको निर्देशनमा मेरो देशलाई स्वर्ग बनाऊ ... बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शशि रावल र विश्व नेपालीको आवाजमा रहेको यो गीत गीतकार बस्नेतको पछिल्लो एल्बम रासुमको हो । शशि रावलको संगीतमा रहेको गीतको भिडियोमा लक्की आचार्य र सिमोन दाहालको अभिनय छ ।

भिडियोलाई जीबी लामाले खिचेका हुन् भने मित्र गुरुङले सम्पादन गरेका हुन् । यहि भिडियोबाट बस्नेतले आप्mनो निर्देशन यात्रा पनि सुरु गरेका छन् । गीतमा १२ बुँदे सहमतीदेखि संविधान जारी भएसम्मका केहि दृष्यहरु पनि समावेश गरिएको छ । एल्बम रासुमलाई कम्पास मिडियाले बजारमा ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ