arrow

पार्टीको निर्णय चित्तबुझदो नभएपछि अनसनमा

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
congress-flag.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेस डोल्पाका सभापति टंङ्कप्रसाद उपाध्याय विगत चारदिनदेखि पार्टी कार्यालय सानेपामा आमरण अनसन बसेका छन् । उनले विधि विधानअनुसार ६२१ जना नयाँ क्रियाशिलसहित केन्द्रमा पठाएपनि केन्द्रले जम्मा १८ जनालाई मात्र सदर गरेर बाँकी ६०३ जनालाई बदर गरेको भनि अनसन बसेका हुन् । पार्टीको जमानत जफत हुने जिल्ला डोल्पामा नयाँ क्रियाशिल बनाउदाँ पार्टीले सदर नगरेपछि उनी निरास भई अनसन थालेका हुन् ।  
 
यसैगरि नेपाली काँग्रेस सोलुखुम्बुमा पार्टीको क्रियाशिल सदस्यता एकलौटी वितरण गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले दोश्रो दिनपनि रिले अनसन जारी राखेका छन् । सोलुखुम्बुका पार्टी सभापति आङगेलु शेर्पाले पार्टीको विधान, नियमावली र केन्द्रीय कार्यसमितिले निर्णय गरेर पठाएको परिपत्रलाई उलङ्घन गरी एकपक्षिय ढङ्गले वितरण गरेको भन्दै अनसन बसेका हुन् ।  केन्द्रीय सदस्य केसीले जिल्लाका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, गाविसका सभापतिलाई नसोधी कोठामा बसेर क्रियाशिल सदस्य वितरण गरेको आरोप लगाए । उनले भने, “पार्टीको विधान विपरित आफ्ना भाइभतिज, नातागोता र अरु पार्टीका व्यक्तिलाई क्रियाशिल बाडिँएको छ यो हामीलाई मान्य हुँदैन ।”

उनले पार्टीको केन्द्रीय सदस्यलाई समेत क्रियाशिल सदस्यता नदिएको भन्दै भोलीबाट आमरण अनसन बस्ने बताए ।  अनसनमा सोलुखुम्बुका महासमिति सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत, हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव भोजराज कार्की, नेपाल महिला सङ्घ पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य सन्तोष कट्टेललगायत चार दर्जन नेता कार्यकर्ता अनसनमा बसेका छन् ।

सोलुखुम्बुमा १२ औँ महाधिवेशनमा १ हजार ७९१ क्रियाशिल सदस्य रहेकोमा अहिले शतप्रतिशत थप गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ