arrow

भारत र अष्ट्रेलिया बिचको तेस्रो टेष्ट बराबर

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
test-viraat-kohli.jpg
राँची, भारत। अष्ट्रेलिया बिरुद्धको तेस्रो टेष्ट बराबरीमा सकिएको छ। ४ केलको श्रृखंलामा दुवै टोलीले १-१ खेल जितेका छन्। अन्तिम तथा चौथो टेष्टले श्रृखंला निर्धारण गर्ने छ। 
 
टस जितेर पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले आफ्नो परहिलो पारीमा ४५१ रन बानएको थियो। कप्तान स्टिव स्मिथको आउट नभई १७८ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले १०४रनको योगदान दिएका थिए। भारतका रविन्द्र जडेजाले ५ विकेट लिएका थिए। त्यसैगरि उमेश यादवले ३ विेकट हात पारेका थिए। 
 
आफ्नो पहिलो पारीमा भारतले ६०३ रन बानउँदै ९ विकेट गुमाउँदा पारी घोषित गरेको थियो। चेतेश्वर पुजाराले २०२ रन बनाएका थिए भने हृद्दीमान शाहले ११७ रनको योगदान गरेका थिए। पुजाराले ५२५ बलमा दोहोरो शतक बनाएका थिए। अष्ट्रेलियाका प्याट कुमिन्सले ४ तथा स्टिव ओ'किफले ३ विेकट लिएका थिए। 
 
अन्तिम तथा पाँचौं दिन पुरै ब्याटीङ गर्दै अष्ट्रेलियाले टेष्ट बराबरीमा अन्त गरेको थियो। अष्ट्रेलियाले १०० ओभरमा २०४ रन बनाउँदा ६ विकेट गुमाउँदै पाँचौ दिन समाप्त भएको थियो। पिटर ह्याण्ड्सकम्बले आउट नभई ७२ रन बनाएाक थिए भने शन मार्शले ५३ रनको योगदान गरेका थिए। भारतका रविन्द्र जडेजाले ४ विकेट हात पारेका थिए। 
 
खेलका प्लेयर अफ म्याच भारतका चेतेश्वर पुजारा घोषित भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ