विश्व कविता दिवसमा कविता वाचन गरेरै मनाइँदै

प्रकाशित मिति : २०७३ चैत ८ मंगलबार
तस्वीर–वेब
काठमाडौँ । विश्व कविता दिवस नेपालमा पनि कविता वाचन लगायतका कार्यक्रम गरी मनाइँदैछ । उक्त अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिएका छन् ।  
 
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । 
 
नेपालमा भने सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । रासस 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ