arrow

ठगी मुद्दाका अपराधी गिरफ्तार

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
 
मलेखु (धादिङ) । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा दोषी ठहर गरेको दार्खा गाविस वडा नं ८ का एक युवकलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरी आज जिल्ला अदालतमा पेस गरेको छ । 
 
पैंतिस वर्षीय वेगबहादुर तामाङविरुद्ध जिल्ला अदालतले एक वर्ष ११ महिना १२ दिन कैद र रु दुई लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार भएका तामाङ लुकिछिपी बसेका बेला जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सबिन प्रधानले जानकारी दिए ।
 
पक्राउ गरिएपछि जिल्ला अदालतमा पेस गर्दा अदालतले उनलाई कारागार चलान गर्न आदेश गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ