arrow

कपिराइट बिवादमा फस्यो अमिताभको "सरकार थ्री", रिलिजमा रोक

निर्देशक वर्माले स्क्रिप्टको पैसा नदिएको आरोप

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
Sarkar-3.jpeg
एजेन्सी ।  बलिउडका 'बिग बी'अमिताभ बच्चनको आगामि चलचित्र 'सरकार थ्री' रिलिजमा रोक लगाइएको छ । मु्म्बई हाईकोर्टको निर्देशन अनुसार चलचित्र १२  मे सम्म रिलीज गर्न पाइने छैन ।  यदि प्राविधिक त्रुटि नभएमा रामगोपाल वर्माको बहुप्रतिक्षित चलचित्र 'सरकार थ्री'  १३ मेमा रिलिज हुनेछ ।  पहिले चलचित्र १७ मार्चमा रिलीज हुने मिति तय गरिएको थियो । भने दोस्रो पटक ७ अप्रिलमा रिलिज हुने बताइएको थियो। 
 
'सरकार थ्री' का स्क्रिप्ट लेखेक निलेश गिरकरले निर्देशक रामगोपाल वर्माले चलचित्रको स्क्रिप्टको पुरै पैसा नदिएको र चलचित्रको क्रेडिट पनि नदिएको आरोप लगाएका छन् । सोहि समय देखि 'सरकार थ्री' कपिराइट उलल्घंनको विवादमा फसेको छ  । सो विवादको निर्णय गर्दै अदालतले वर्मालाई चलचित्र रिलिज गर्नुको साटो सेटलमेन्ट डिपोजिटको लागि ६.२ लाख रुपैया  जम्मा गर्न आदेश दिएको छ ।
 
निर्देशक राम गोपाल वर्माको चलचित्र 'सरकार थ्री' सरकार सीरीजको तेस्रो चलचित्र हो । यो भन्दा पहिला  सन् २००५ मा  ‘सरकार’ र २००८मा ‘सरकार राज’ रिलिज भएको थियो । 'सरकार थ्री'  चलचित्रमा अमिताभ बच्चन लगायत यामी गौतम, मनोज बाजपेयी र ज्याकी श्राफ जस्ता  कलाकार मुख्य भुमिकामा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ