अमेरिका । अन्तर्राष्ट्रिय लायन्स कल्बले यहि आउदो जुलाइको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्यरुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ। विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा सहभागी हुन् विश्वको १२० भन्दा धेरै देशका २० हजार भन्दा धेरै प्रतिनिधिहरु आउने जानकारी अन्तर्राष्ट्रिय लायन्स कल्बको वेबसाइटमा जनाइएको छ । उक्त महासम्मेलनमा विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरुले अन्तर्राष्ट्रिय अध्यक्ष लगायात सम्पूर्ण कार्यसमिति संगै सपथ ग्रहण लिदै छन्।
सोहि क्रममा हाल विश्वको हरेक स्थानमा रहेको लायन्स क्लबहरुमा नया कार्यसमितिको निर्वाचन धमाधम हुदै छ र हरेक बर्ष जुलाई को पहिलो साताबाट नया समितिले आफनो कार्यभार सम्हाल्ने परम्परा लायन्स क्लबमा रहेको छ। सोहि अनुरुप नेपाल बाहिर सम्भवत पहिलो पल्ट नेपाली मुलका राजेन थापा अमेरिकाको क्यालिफोर्निया अन्तर्गत डिस्ट्रिक ४ सी ३ को गभर्नर हुने निश्चित भई सकेको जानकारी डिस्ट्रिक गभर्नर यान भल्टर ले कार्यक्रममा आफ्नो मन्तब्य दिने क्रममा जानकारी गराउदै अग्रिम बधाई समेत दिएका थिए।
नेपालमा शिक्षा क्षेत्रमा लामो योगदान पुर्याएका र अमेरिकाको क्यालिफोर्नियामा सफल व्यवसायी तथा चहकिलो समाजसेवीको छवी वनाउन सफल राजेन थापाको अध्यक्षता मा पहिलो पल्ट आज भन्दा एघार बर्ष अघि २००६ मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण को स्थापना भएको थियो र हाल आएर यस क्षेत्रमा ५ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भइ सकेको र सो क्लबहरुले बिबिध सेवा मुलक कार्यहरु गर्दै आई रहेको छ।
यसै सन्दर्भमा हालै क्यालिफोर्निया को रोसमुर सहरमा संयुक्त रुपमा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन राजेन थापा, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन स्किप जेण्डर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार ड्युक डुनहामको पहलमा परिचयात्मायक "मिट एण्ड ग्रीट" कार्यक्रमको आयोजाना गरिएको थियो। जसको संयोजकमा बर्क्ली अन्नपुर्ण का भूतपूर्व अध्यक्षा लक्ष्मी चौधरी रहेकी थिइन्। उक्त कार्यक्रममा बर्क्ली मकालु लायन्स क्लबकी नृत्य निर्देशिका संगीता शर्मा र बर्क्ली अन्नपूर्ण कि दोश्रो उपाध्यक्ष बिन्दु सापको द्वारा क्रमस बज्रयोगिनी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गरिएको थियो । त्यसै गरि अन्य स्थानीय कलाकारहरुले समेत नेपाली , अंग्रेजी र स्पेनिस नृत्यहरु समेत प्रस्तुत गरेका थिए।
कार्यकमलाई दुइ चरणमा बिभाजन गरिएको थियो जसमा पहिलो चरणको औपचारिक कार्यक्रमको संचालन डिस्ट्रिक ४ सी ३ का जोन चियरमेन / बर्क्ली अन्नपूर्णका निबर्तमान अध्यक्ष ध्रुव थापाले गरेका थिए। सांस्कृतिक कार्यकमको संचालन भने फ़्रिमन्ट सगरमाथा लायन्स क्लबकी महासचिव प्रि रिजालले गरेकी थिइन्। कर्यक्रममा हालका डिस्ट्रिक गभर्नर, भूतपूर्व डिस्ट्रिक गभर्नर लगायत थुप्रै क्लबका अध्यक्ष र नेपाली र अमेरिकी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै उपस्थित प्रतिनिधिहरु , आमन्त्रित व्यक्तित्वहरुले राजेन थापा र अन्य उम्मेदवारहरुलाई आउदो कार्यकालको सफलताको सुभकामना समेत व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय नेपाली रेस्टुरेन्टहरुमा " टेस्ट अफ द हिमालयज , हिमालयन फ्लेबर, क्रिएसन टेस्ट अफ द हिमालयज , अन्नपूर्ण रेस्टुरेन्ट एंड बार र अजन्ता रेस्तुरेंत्को तर्फबाट नेपाली र भारतीय चमेनाहरु सौजन्य गरिएको थियो भने अन्य उम्मेदवारहरुको तर्फबाट पेय पदार्थहरु सौजन्य गरिएको थियो। कार्यक्रममा भूतपूर्व गभर्नर गेरी वाङ्गले हालको प्रथम भाइस डिस्ट्रिक गभर्नर र हुने वाला गभर्नर राजेन थापाको परिचय बडो रोचक ढंगमा प्रस्तुत गरेका थिए भने उनको सफल नेतृत्वमा यस डिस्ट्रिकले धेरै उपलब्धि मुलक कार्यहरु गर्ने कुरामा बिश्वस्त रहेको जानकारी गराएका थिए।
उनले परिचय दिनेक्रममा " राजेन थापाले सन् १९९६ मा नेपालमा छँदै लायन्स क्लवमा संलग्न भै लायोनिजम प्रारम्भ गरेको , क्यालिफोर्नियामा संस्थापक अध्यक्षको रुपमा लायन्स क्लब स्थापना गरेको र क्यालिफोर्निया लगायत भर्जिनिया र न्यूयोर्कमा समेत ५ वटा नेपाली लायन्स क्लव खोल्न बिशेष योगदान पुर्याएको जानकारी गराएका थिए। उनले सन् २०१५-१६ मा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर, सन् २०१६-१७ मा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रुपमा काम गरिसकेका छन् ।