arrow

तराई समस्याको समाधान खोज्न आयोगको आग्रह

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
राष्ट्रिय-मानव-अधिकार-आयोग.jpg.jpeg
काठमाडौँ । तराईमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन समस्या परेकाले वार्ता र संवादको माध्यमबाट यथाशीघ्र समाधान खोज्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । 
लामो समयदेखि तराईमा जारी आन्दोलनले गर्दा मानव अधिकारको उपभोगमा गम्भीर असर परेको छ’–आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 
 
आयोगले लामो समयदेखि तराई बन्द र भारतले गरेको नाकाबन्दीका कारण जनताको दैनिकीमा समस्या आएको भन्दै समाधानका लागि सरकार र सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ । सोहीअनुरूप आयोगले बुधबार गृहमन्त्री शक्ति बस्नेतलाई भेट गरी तत्काल समस्या समाधान गर्न आग्रह पनि गरेको थियो । 
 
आयोगले आम नागरिकको अभिभावकको रूपमा मानव अधिकारको सम्मान, संरक्षण र परिपालन गर्नमा राज्यले अझ बढी गम्भीर भूमिका निर्वाह गर्नुपर्ने मागसमेत गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ