arrow

श्रीलंकाका चर्चित क्रिकेटरको टिम र नेपाली राष्ट्रिय टिमले टी–ट्वेन्टी श्रृंखला खेल्ने

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
T-20-khel-final.jpeg

काठमाडौं । श्रीलंकाका चर्चित ब्याट्सम्यान सम्मिलित टिम र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच ट्वेन्टी–ट्वेन्टी क्रिकेट हुने भएको छ । नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसर पारेर पेरिविंकल सर्भिसले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको मैत्रीपूर्ण टी–ट्वेन्टी श्रृंखला गर्न लागेको हो ।

श्रीलंकाली टिमले लंकन लाइन्सको नामबाट लेख्ने छ भने, टिमको नेतृत्व पूर्वकप्तान अरविन्दा डे सिल्भाले गर्ने बताइएको छ । सनथ जयसूर्या, चामिन्डा भास, रोमेश कालुविर्थना, दिलहारा फर्नान्डो, उपुल चन्दना, कौशल्या वैरारत्ने, फरभेज महरुफ, उपुल थरंगा, रंगना हेराथ, दिलशान मुनावेरा, सचित्रा सेनानायक र चामरसा सिल्भादाराले श्रीलंकाली टिमबाट खेल्नेछन् ।

नेपालले गोर्खा राइनोजको नामबाट खेल्ने छ । जसको नेतृत्व राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्ने छन् । गोर्खा राइनोजमा सबै राष्ट्रिय टिमका खेलाडी रहने छन् । बुधबार राजधानीमा भएको पत्रकार सम्मेलनमा आयोजक पेरिविंकल सर्भिसका सीइओ दीपेश घलेले दर्शकलाई कमभन्दा कम मूल्यमा टिकट उपलब्ध गराइने जानकारी दिए । श्रृंखला नयाँ वर्ष अर्थात् वैशाख १४ देखि १८ गतेसम्म कीर्तिपुर मैदानमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।



नयाँ