arrow

भारतीय 'गुगल ब्वाय' कौटिल्य पंडित नेपाल आउँदै

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
Google_boy_kautilya.jpeg
काठमाडौं। अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित आज नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो ।  उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । 
 
कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।  
 
 गुगल ब्वायले नेपाल रहँदा आफ्नो कार्यक्रम प्रस्तुत गर्नका साथै पशुपति, पलाञ्चोक भगवती, खेशेश्वर महादेवको दर्शन गर्ने छन्। उनले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँका साथै पोखराको पनि भर्मण गर्ने छन्। 
 
उनी बिहिबार राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् । 
 
कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए ।
 
 काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ