arrow

चुनावका लागि प्रहरीले ७५ हजार म्यादी प्रहरी माग्यो (सूचनासहित)

कार्यावधि ५५ दिन, तलब प्रहरी जवान बराबर

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
Mahila-myadi-prahari-toli-duty.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि विभिन्न ठाउँमा खटिने म्यादी प्रहरीका लागि दरखास्त आव्हान गरेको छ । काठमाडौं उपत्यकामा प्रहरी परिसर र सवै जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त बुझाउन सक्ने गरी प्रहरी प्रधान कार्यालयले ७५ हजार म्यादी प्रहरी मागेको हो ।

सूचनामा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन २०७४ को लागि म्यादी प्रहरी भर्ना गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रु. १० को टिकट टाँसी (स्वयं उपस्थित भई) दरखास्त दिन आव्हान गरिन्छ ।’

शुक्रबार देखि आगामी चैत १७ गते सम्म दरखास्त मिति राखिएको छ भने, दरखास्त दिने समय विहान् १० बजेदेखि बेलुकी ५ बजे सम्म राखिएको छ । म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुने सूचनामा उल्लेख छ । यस्तै, नेपाल प्रहरीको प्रहरी जवानले पाए सरहको तलब, भत्ता र तोकिए बमोजिमको अन्य सुविधा हुने पनि जनाएको छ ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ