arrow

भूकम्पपीडित ज्येष्ठ नागरिकलाई सहयोग गर्न आग्रह

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
jesta-nagarik.jpg.jpeg
काठमाडौ। राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ नेपालले भूकम्पपीडित ज्येष्ठ नागरिकको जीवन सहज बनाउन उचित व्यवस्थापनका लागि सम्पूर्ण सरोकारवाला निकायलाई आह्वान गरेको छ ।  महासङ्घका अध्यक्ष डा गौरीशङ्करलाल दासले आज एक विज्ञप्ति जारी गरी गत वैशाख १२ गतेको भूकम्पले क्षति पुगेका आवास हालसम्म पनि निर्माण नहुँदा ज्येष्ठ नागरिकले थप कष्टकर दैनिकी गुजार्नुपरेको जनाउनुभएको छ । 
 
चिसोका कारणले विभिन्न जिल्लामा ज्येष्ठ नागरिकको मृत्यु हुँदै आएको समाचारप्रति मर्माहत भएको जनाउँदै महासङ्घले न्यानो कपडा प्रयोजनार्थ सरकारले निकासा गरेको रु १० हजार अविलम्ब हस्तान्तरण गर्न आग्रह गरेको छ ।  महासङ्घले भूकम्पपीडित ज्येष्ठ नागरिकलाई लक्षित गरी स्थायी ज्येष्ठ नागरिकमैत्री आवास निर्माणको थालनी अविलम्ब गर्न, जाडोको समयमा विशेष गरी ज्येष्ठ नागरिकलाई लाग्ने रोग रुघाखोकी, निमोनिया, इन्फ्लुएन्जा, हृदयाघातलगायतको उपचारको साथै विभिन्न औषधि र न्यानो कपडा निर्वाध ल्याउने कार्यमा बाधा अवरोध नगर्न सबैलाई अनुरोध गरेको छ । 
 
तराईमा बढीमात्रामा शीतलहरले कठ्याङ्ग्रिएका ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन उचित खानपान, लत्ताकपडा, ओढ्ने कम्बलजस्ता सामग्री वितरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि महासङ्घले अनुरोध गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ