राष्ट्रपतिबाट निर्वाचन क्षेत्र निर्धारण विधेयक प्रमाणीकरण

प्रकाशित मिति : २०७३ चैत ११ शुक्रबार
वेब : तस्वीर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ प्रमाणीकरण भएको छ ।

राष्ट्रपति भण्डारीबाट ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   व्यवस्थापिका–संसद्को चैत ७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती दुवै विधेयक पेश भएका थिए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ