arrow

झोराहाटमा चार जना कविका १६ वटा कविता वाचन

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ चैत १२ शनिबार
kabita_news.jpeg
विराटनगर । झोराहाट नाट्य समूहको मासिक कार्यक्रम गाउँमा कविताको १२ औं शृंखला शनिबार सम्पन्न भएको छ । मोरङको झोराहाटस्थित समूहको हलमा आयोजित कार्यक्रममा कवि राजेन्द्र शलभ, राजेन्द्र पराजुली, हरिमाया भेटवाल र हेमन यात्रीले कविता वाचन गरेका थिए । उनीहरु चारैजनाले आफ्ना चार–चारवटा कविता प्रस्तुत गरे । यात्रीबाहेक तीनैजना कविहरु राजधानीमा बसेर साहित्य सिर्जनामा सक्रिय छन् । पराजुली तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा समेत सक्रिय छन् । 
 
त्यसअघि चारैजना कविहरुलाई प्राज्ञ विवश पोखरेल र नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले संयुक्त रुपमा माला र खादा लगाइदिएर मायाको चिनो हस्तान्तरण गरेका थिए । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार गाउँमा कविता शृंखला सञ्चालन गर्दै आएको छ । गत वैशाखदेखि सुरु भएको शृंखलामा हालसम्म विभिन्न स्थानका ४८ जना कविहरुले सिर्जना प्रस्तुत गरिसकेका छन् । 
 
गाउँमा कविताको शृंखला १ वर्ष पुगेको अवसरमा आगामी वैशाखमा दुईदिने वृहत साहित्यिक कार्यक्रम गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ