सुनील-चंदनलाई गरेको गाली कपिललाई पर्‍यो भारी, बन्द हुदै 'द कपिल शर्मा शो'!

प्रकाशित मिति : २०७३ चैत १२ शनिबार
एजेन्सी । कपिल शर्माको पछिल्लो समाचारलाई मान्ने हो भने 'द कपिल शर्मा शो' बन्द हुने भएको छ ।  कपिल शर्मा र सुनील ग्रोवरबीच हालै भएको विवादले हैरान भएका च्यानलले शो बन्द गर्ने निर्णय गरेको छ । तर यस बिषयमा च्यानलले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । साथै कपिलको प्रोडक्शन हाउसले पनि  केहि भनेको छैन् ।
 
कुटपिटपछि कपिलसँग उनका सहयोगी  सुनील ग्रोवर, चंदन प्रभाकर र अली असगरले सुट गर्न अस्विकार गरेको बताइएको छ । त्यस पछि कपिलले शोमा अन्य कमेडियन राजू श्रीवास्तव, सुनील पल र अहसान कुरैशीलाई ल्याए । तर सो कुराबाट च्यानल खुशी रहेको छैन । 
 
हालै कपिलको शोमा कोही सेलेब्रिटी नआएपछि उनले शोको सुटिङ रद्द गर्नु परेको छ । सुटिङ रद्द गरेर कपिल आफ्नो चलचित्र 'फिरंगी' को सुटिङमा गएका छन् । उनि २९ मार्चमा मात्र मुम्बइ फर्कनेछन् । 
 
केहि दिन पहिले डिसेम्बर सम्म चलचित्रबाट टाढा रहन च्यानलका मालिकले कपिललाई ११० करोडको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा कपिल पनि राजि भएका थिए । तर कपिलले शो छोडेर चलचित्र सुटिङमा जानुले पनि उनको शो बन्द हुन लागेको अनुमान लाउन सकिने भारतिय संचार माध्यम बताउछन् । 
 
मार्च १६ मा  कपिलको टिम अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा विमानमा सुनिलसँग सामान्य विवादले झगडाको रुप लिएको थियो। कपिलले रक्सी पिएर  डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई कुटपिट नै गरेका थिए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ