arrow

मुटु रोगीको संख्या बढ्दो, घटाउन अभियान नै चलाइने

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
nnn.png
काठमाडौं । फेरिंदो जीवन शैलीका कारण मुटु रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै सरोकारबालाहरुले चेतनामुलक अभियान चलाउने अठोट गरेका छन् । रोगी भएर आएकालाई उपचार गराउनेतर्फ मात्रै ध्यान दिनु भन्दा रोगीहरुको संख्या न्युन गर्ने तर्फ पनि उत्तिकै ध्यान दिनु पर्ने बेला भएको उनीहरुको भनाइ छ । 
 
नेपाल हृदय रोग निवारण प्रतिष्ठान, काठमाडांै शाखाको २३ औं साधारण सभामा बोल्ने मुटु विषेशज्ञ तथा मुटु सम्बन्धी अभियान्ताहरुले मुटु रोग लाग्नै नदिने तर्फ अभियान चलाउने अठोट गरेका हुन्  । 
 
प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष तथा बरिष्ठ मुटुरोग विषेशज्ञ डा प्रकाशराज रेग्मीले स्वास्थ्य मन्त्री गगनकुमार थापा आएपछि स्वास्थ्य क्षेत्रमा चामत्कारिक सुधार भएको बताउदै रोगीहरुलाई उपचारमा निःशुल्क तथा सहुलियतको व्यवस्थासँगै रोगबाट बच्न सिकाउने अभियान सरकारले नै चलाउनु पर्नेमा जोड दिए ।
 
गंगालाल राष्टिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतेन्द्र उप्रेतीले मुटु रोगीको संख्या अघिल्ला बर्षहरुमा भन्दा अहिले बढ्दै गएकाले चेतनामुलक अभियान तर्फ केन्द्रले अभियान सुरु गरिसकेको र केन्द्रले मात्रै गरेर पर्याप्त नहुने बताए । 
 
कार्यक्रममा प्रतिष्ठानका महासचिव महेन श्रेष्ठले पेस गर्नु भएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष चित्रमणी पराजुलीले पेस गरेको आर्थिक प्रतिवेदनमा प्रतिष्ठानका लागि जग्गा र भवन अत्यावश्यक भएको उल्लेख छ । 
 
उनीहरुको मागलाई सम्बोधन गर्दै गुठी संस्थानका अध्यक्ष लक्ष्मणराज ज्ञवालीले प्रतिष्ठानका लागि जग्गा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
 
कार्यक्रममा मुटु बचाउने अभियानका लागिपरेका विभिन्न अभियान्ताहरुलाई सम्मान पनि गरिएको प्रतिष्ठानकी सदस्य अम्बीका भण्डारीले जानकारी दिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ