- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्वत । पर्वतको फलेवास नगरपालिकाको मेयरमा काँग्रेसबाट थमानसिंह थापाले दाबेदारी गरेका छन् । २०४९ देखि २०५४ सम्म साविकको थापाठाना गाउँ विकास समितिका अध्यक्षसमेत भएर काम गरिसकेका थापाले आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वारीका लागि दाबेदारी दिएका हुन् । नगरपालिकाभित्रका काँग्रेस नेताहरुमध्ये आफू पनि अग्र पंतिमा रहेको उनको भनाई छ ।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपाली काँग्रेस गाउँ कार्य समितिको सचिव रहेका थापाले २०४६ देखि २०५८ सम्म अनवरत रुपमा पर्वत जिल्ला समितिको सदस्य भएर काम गरिसकेका छन् । २०२७ सालमा नेपाली काँग्रेसको मुखपत्र तरुण पत्रिका हुँदै नेपाली काँग्रेसमा आवद्ध भएका थापा नेपाली काँग्रेस थापाठाना गाउँ कमिटीको बाह्रौँ र तेह्रौँ अधिवेशनबाट लगातार दोस्रो कार्यकाल सभापति रहे ।
नेपाल स्काउटमा समेत थापाले नेपाल रेडव्रmस सोसाइटी पर्वतको उपसभापतिको भूमिका निर्वाह गरेका छन् । थापाले नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले पक्कै पनि कामको उचित मूल्याङ्कन गर्ने र आफूलाई नैउम्मेद्वार बनाउने विश्वास लिएका छन् । उनले भने, ‘मसँग जनप्रतिनिधि भएर काम गरेको अनुभव पनि छ र जन अपेक्षालाई सम्बोधन गर्ने क्षमता पनि छ ।’