काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली क्षेत्र अन्तर्गत समूह एफ को खेलमा विजयी हुँदै इङल्याण्ड छनोट पुगेको छ । घरेलु वेम्बलेको मैदानमा भएको खेलमा इङल्याण्डले लिभुआनियालाई २–० ले हरायो ।
खेलको २२ औं मिनेटमा जर्माइन डेफोले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । चार वर्षपछि इङल्याण्डको टिमबाट पहिलो गोल गरेका सन्डरल्याण्ड स्ट्राइकर डेफोले आफूलाई गोल गर्न अझै सक्षम रहेको प्रमाणित गरेका छन् ।
उनले सन् २०१३ मा सानमारिनोमाथि इङल्याण्डले ८–० को जित हासिल गर्दा डेफोले गोल गरेका थिए । त्यस्तै जमाइ भार्डीले ६६ औं मिनेटमा एक गोल थप्दै इङल्याण्डलाई जिताए ।
समूह एफ को अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३–१ ले हराउँदा स्कटल्याण्ड पनि विजयी भएको छ । स्कटल्याण्डले स्लोभेनियालाई १–० ले हरायो ।
समूहमा ५ खेलबाट १३ अंकसहित इङल्याण्ड शीर्ष स्थानमा छ । स्लोभाकियाको ९, स्लोभेनियाको ८, स्कटल्याण्डको ७, लिभुआनियाको ५ अंक छ भने माल्टा अंकविहीन छ ।