arrow

काँग्रेसको दुई विभागमा फर्मुल्लाह मन्सुर र उमाकान्त चौधरी

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
congress-party-office.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसले रिक्त रहेको दुईवटा पार्टी केन्द्रीय विभागको जिम्मा दुई केन्द्रीय सदस्यलाई तोकेको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको मुस्लिम विभागको जिम्मेवारी नेता फर्मुल्लाह मन्सुर र तराई मधेश विभाग उमाकान्त चौधरीलाई दिईएको नेपाली काँग्रेसले जनाएको छ । 
 
नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको वैठकले केन्द्रीय समितिका सदस्यहरुलाई विभागको जिम्मेवारी दिने घोषणा आईतबारको बैठकमा नै गरेको थियो । आइतवारको वैठकले २९ जनाको कार्यसम्पादन समिति समेत  बनाएको थियो । सोमबारको वैठकमा भने कार्यसम्पादन समितिमा नपरेका समेत नेताहरुलाई समेटेर विभागीय जिम्मेवारी दिने तयारी भइरहेको छ । यसैबीचमा दुर्इ विभागमा नियुक्ति दिर्इएको हो । 
 
अघिल्लो कार्यसमितिमा पार्टी सभापति सुशील कोइरालाले ४२ वटा विभाग गठन गरेका थिए भने यो पटक पनि सभापति शेर बहादुर देउवाले पनि ४२ वटा विभाग बनाउने र आवश्यकताका आधारमा नयाँ विभागहरु पनि थप्ने कार्यसमितिबाट स्वीकृती लिइसकेका छन् ।
 
अघिल्लो पटक स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा शशांक कोइराला यो पटक महामन्त्री भएका छन् । अघिल्लो पटक उद्योग व्यापार विभाग संयोजक भएका दीप कुमार उपाध्याय भारतका लागि राजदुत भएर गएका छन् । कतिपय नयाँ केन्द्रीय सदस्यहरुले कार्यसमितिमा प्रवेश पाएका छन् । उनीहरुलाई समेट्ने चुनौती पनि सभापति देउवालाई रहेको छ ।
 
वैठकमा विभागीय प्रमुखहरु तोक्ने विषयमा लामो विमर्श भइरहेको वैठकमा रहेका केन्द्रीय सदस्यहरुले बताएका छन् । पार्टी संगठनमा महत्वपूर्ण मानिएको संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संसदीय विभाग, तरुण विभाग, विद्यार्थी विभाग, प्रचार विभागमा कसलाई ल्याउने भन्नेमा नेताहरुबीच प्रतिष्पर्धा देखिन्छ । यद्यपी अघिल्लो पटक विभाग बनाउँदा पार्टी सभापति कोइराला हावी भएझै यो पटक देउवा हुने अनुमान धेरैले गरेका छन् । देउवा नेतृत्वको कार्यसमितिले जिम्मेवारी तोक्ने तयारी गर्दैगर्दा अघिल्लो कार्यसमितिले ककसलाई विभागीय जिम्मेवारी दिएको थियो भन्ने पनि धेरैलाई चासो रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ