arrow

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि ३२ सयको आवदन माग्यो

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
shikshak-news-a.jpeg

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा स्थायी शिक्षकका लागि आवेदन खुला गरेको छ । मावि र निमावि तहमा ३२ सय पदका लागि आयोगले आवेदन मागेको हो । आवेदन दिने मिति आउँदो वैशाखको ३० गतेसम्म तोकिएको छ । स्थायी शिक्षकको परीक्षा भने आउँदो असारमा मात्रै हुनेछ । माध्यमिक तहमा पुर्वाञ्चलमा २ सय ८९, मध्यमाञ्चलमा ४ सय ८४, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यपश्चिमाञ्चलमा १ सय ५५ र सुदुरपश्चिमाञ्चलमा १ सय १५ गरी १ हजार ३ सय ८५ पदमा आवेदन मागिएको छ ।

यस्तै, निम्न माध्यमिक तहमा पूर्वाञ्चलमा ४ सय, मध्यमाञ्चलमा ५ सय ८८, पश्चिमाञ्चलमा ५ सय १४, मध्यपश्चिमाञ्चलमा २ सय २७ र सुदूरपश्चिमाञ्चलमा १ सय ३५ गरी १ हजार ८ सय ६४ पदमा आवेदन  मागिएको छ । विज्ञापन अनुसार माध्यमिक तहको नेपाली विषयका लागि पाँचै विकास क्षेत्रमा खुलातर्फ एकसय १७, महिलातर्फ ३२, आदिवासी जनजातितर्फ २५, मधेसी कोटामा २०, दलिततर्फ ९, अपांगतर्फ ६ र पिछडिएको क्षेत्रमा ३ जना मागिएको छ ।

अंग्रेजीका लागि खुलातर्फ एकसय ८२, महिलातर्फ ४९, दलित महिलामा एक, आदिवासी जनजातिमा ४१, मधेसीतर्फ ३३, दलिततर्फ १४, अपाङ्गतर्फ ८ र पिछडिएको क्षेत्रमा ५ जनाकालागि आवेदन माग गरेको छ ।आयोगले गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शारीरिक, संस्कृत भाषा विषयका लागि पनि आवेदन मागेको छ । निम्नमाध्यामिक तहमा पनि आयोगले विज्ञापन खुलाएको छ ।

शिक्षा विभागले १८ सय ८५ र निमावि तहमा १८ सय ६४ गरी ३२ सय ४९ पद रिक्त भएको तथ्याङ्क आयोगलाई दिएको आधारमा आवेदन मागिएको हो । आयोगका अनुसार २०६३ साल वैशाख ११ गतेपछि रिक्त भएका पदमा आवेदन मागिएको हो । आवेदन  आउँदो वैशाख २३ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ । त्यसपछि पनि डबल दस्तुरमा एक हप्तासम्म फारम भर्न सकिने छ । माध्यामिक तहको लिखित परीक्षा आउँदो असार ११ गते शुक्रबार तथा निम्नमाध्यामिक तहको असार १२ गते शनिबार हुने आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ