arrow

सशस्त्र द्वन्द्वमा ध्वस्त भएकामध्ये पाँच प्रहरी भवन निर्माण

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
दाङ । सशस्त्र द्वन्द्वको समयमा दाङमा ध्वस्त पारिएका २९ वटा प्रहरी भवनमध्ये हालसम्म पाँच वटा भवन मात्र निर्माण भएका छन् ।  
जिल्ला प्रहरी कार्यालयका अनुसार निर्माण गरिएका प्रहरी भवनमा इलाका प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय पञ्चकुले, इलाका प्रहरी कार्यालय गढवा, इलाका प्रहरी चौकी हेकुली र वडा प्रहरी कार्यालय घोराही रहेका छन् । 
 
शान्ति तथा पुननिर्माण मन्त्रालय र शान्ति कोषको सहयोगमा ती भवन निर्माण गरिएका हुन् ।
 
सशस्त्र द्वन्द्वको समयमा मध्यपश्चिम क्षेत्रमा २२४ वटा प्रहरी भवन ध्वस्त भएको र तीमध्ये अहिलेसम्म ५० वटा भवन पुनःनिर्माण गरिएको मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा रहेका करिब १२१ प्रहरीका भवन अझै असुरक्षित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ