arrow

स्याङ्जामा तरुण जागरण अभियान शुरु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत १६ बुधबार
tarundal-syangja-2017.jpeg
स्याङ्जा। नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदलले स्याङ्जामा तरुण जागरण अभियान शुरु गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जादा स्याङ्जा तरुणदलले यो अभियानको शुरुवात गरेको छ। स्याङ्जामा रहेका ११ ओटा स्थानीय तहको केन्द्रमा तरुणदल स्याङ्जाले तरुण जागरण अभियानको थालनी गरी शुरु गरेको हो । मुलुकका हरेक परिवर्तनमा नेपाली काँग्रेसकै नेतृत्वमा हुने गरेको ठहर गर्दै काँग्रेसले गरेको विकास निर्माण र परिवर्तनमा खेलेको भुमिका गाँउ स्तरका नागरिकलाई बुझाउने हेतुले यो अभियानको थालनी गरिएको तरुणद स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले बताए।  तरुणदल काँग्रेसको खम्वा हो अध्यक्ष मल्लले भने,“काँग्रेसलाई मुलुकका ७ सय ४४ स्थानीयतहमा विजयी बनाउने जिम्मेवारी तरुणको काधमा आएको छ।” 
 
जिम्मेवारीलाई बोध गर्नका लागि केन्द्रिय समितिको निर्णय अनुसार स्याङ्जाले पनि तरुण जागरण अभियानको थालनी गरेको हो उनले भने । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषण गरेपछि काँग्रेसका भातृसंगठनहरु सक्रिय देखिएका छन्। काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यन्वयन गर्न निर्वाचन आवश्यक छ तरुणदल स्याङ्जाको उपाध्यक्ष शिवशंसार श्रेष्ठले भने,“ तोकिएकै मितिमा निर्वाचन गर्न आवश्यक छ भनेर हामीले गाँउ गाँउमा तरुण जागरण अभियान संचालन गरेका हौ ।” हरेक विकासमा काँग्रेसको हात रहेकोले काँग्रेस विनाको विकास मुलुकमा सम्भव नभएको देखिएकाले यो विषय नागरिकलाई सुनाउनु पनि आवश्यक छ श्रेष्ठले भने।
 
मंगलवार स्याङ्जा सदरमुकाम पुतलीबजारमा अभियानको उदघाटन गरेका श्रेष्ठले यो नगरको सामाजिक, आर्थिक विकासमा काँग्रेसको ठुलो योगदान रहेको चर्चा गरे । बैशाख ३१ को पर्खाइमा रहेको तरुणदल जिल्लाको सबै स्थानीय तहमा काँग्रेसले बागडोर सम्हाल्ने पनि श्रेष्ठको भनाई थियो। संसदिय निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ काँग्रेसले जितेपछिको अवस्था र यो भन्दा अगाडी एमालेले जितेपछिको अवस्था हेरेर मुल्याङ्कन गर्न नागरिकलाई श्रेष्ठको आग्रह छ। सबै तरुणदलका कार्यकर्ताहरुलाई चुनावी माहोलमा लाग्न तरुणदल स्याङ्जाले आव्ह्रान गरेको छ। पहिलो चरणको जागरण अभियान हरेक स्थानीयतहको केन्द्रमा सम्पन्न गरेको छ। दोस्रो चरणको जागरण अभियान हरेक वाड केन्द्रित हुने तरुणदलले जनाएको छ। तरुणदलले यो अभियानलाई हरेक मतदान केन्द्रको बुथ सम्म पुर्‍याउने तरुणदल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले हाम्राकुरा डटकमलाई बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ