arrow

ठगी गर्दै हिँड्ने तीन जना पक्राउ

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार

पथरी (मोरङ)। पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई बिहान नगद र बरामद सामग्रीसहित सार्वजनिक गरेको छ । 
यस्तै, नक्कली सुनको गहना बनाई सुनचाँदी व्यवसायीलाई ठग्ने गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले आजै उर्लाबारीका सागर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएको छ । कुमारसँगको मिलोमतोमा नक्कली गहना बनाउने गरेको शङ्कामा अनुसन्धानका लागि सागरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ