arrow

हङकङद्वारा नेपाललाई २ सय १५ रनको बिजय लक्ष्य प्रस्तुत

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ। 
 
टस जितेर हङकङलाई ब्याटीङमा निम्त्याएको नेपालले सुरुवाती बलिङ राम्रो गर्न नसके पनि पछिल्लो ओभरहरुमा राम्रो बलिङ गर्दै हङकङको सबै विकेट लिएको हो
 
पहिलो विकेटकालागि हङकङले ९५ रनको साझेदारी गर्दै ठूलो स्कोर बनाउने लक्षण देखाए पनि नेपाली कप्तान ज्ञानेन्द्र मल्लले साझेदारी तोड्दै दुवै प्रारम्भिक ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए।  
 
हङकङका अंशुमान रथले ५१ रन बानएाक थिए भने क्यामरुन मकअल्सेनले ४३ रनको योगदान दिएका थिए। 
 
नेपाली बलरहरुमा अविनाश कर्णले ३ विकेट लिएका थिए भने भुवन कार्रकी र सुसन भारीले २-२ विकेट हात ापरेका थिए। नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछानेले १ विकेट लिएका थिए। 
 
नेपालले ५० ओभरमा २१५ रनको बिजय लक्ष्य पाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ