arrow

बिनिता बरालले लेखेको सुपरहिट गीत यस्तो छ(भिडियो)

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Binita.jpg.jpeg
काठमाडौं । माघ २२ रिलिज तोकिएको फिल्म ‘सुपरहिट’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तस्करीमा’ बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । केहि महिना पहिले अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट मात्र हो । 

सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन् । फिल्म पब्लिसिटीको लागी बराल नयाँ बर्ष २०१६ को छेकोमा नेपाल आउने तयारीमा रहेको निर्माता सौरभ ढकालले बताए । 

‘सुपरहिट’ निर्देशनमा सौरभसँग निरञ्जन पाण्डेले सहकार्य गरेका छन् । फिल्ममा विनितासँगै दिव्यदेव, शिशिर राणा, मञ्जु श्रेष्ठ लगायत लिड रोलमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ