arrow

शाहरुखका छोरालाई बलिउडमा भित्र्याउँदै करण

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Aryan-Shahrukh.jpg.jpeg
मुम्बई । बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन बलिउडमा आफ्नो करियर बनाउनका लागि आउने करिब निश्चित भएको छ । बलिउडका चर्चित फिल्ममेकर करण जोहारले आर्यनलाई बलिउडमा डेब्यु गराउने तयारी गरिरहेका छन् । 

समाचार अनुसार शाहरुखका राम्रा साथीसमेत हुन् करण । करणले निर्देशन गरेको पहिलो फिल्म ‘कुछ कुछ होता है’मा शाहरुख नै हिरो थिए । त्यसकारण पनि करणले आर्यनलाई फिल्ममा ब्रेक दिने योजना बनाईरहेका छन् । यो कुराको पुष्टि करणले नै एक अंग्रेजी पत्रिकालाई दिएको अन्तरवार्तामा उल्लेख गरेका छन् ।

‘शाहरुख र म निकै नजिकका साथी हौं, म शाहरुखलाई जहिल्यै पनि आर्यनलाई लञ्च गर्नकै लागि फिल्ममा युथ फ्लेबरका कथा राख्ने गर्दछु । मबाहेक आर्यनलाई अरु कसैले पनि लञ्च गर्न सक्दैनन् ।’ करणले भनेका छन् । करण हालका दिनमा फिल्म ‘ए दिल है मुस्किल’को निर्देशन गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ