arrow

फन्कोको यस्तो ठुङ्दे प्रचार शैली

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Chetan-Sapkota.jpg.jpeg
काठमाडौं । फिल्मको व्यापारिक सफलताको श्रेय भनेको त्यो फिल्मले गर्ने पब्लिसिटीलाई जान्छ । जति आम दर्शकको कान र आँखामा फिल्मको प्रचारप्रसारलाई देखाउन र सुनाउन सकिन्छ, त्यति नै मात्रामा हलमा दर्शक आउने गर्दछन् । सम्भवत यही कुरालाई लक्षित गर्दै आगामी माघ १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फन्को’ले पनि नौलो किसिमको प्रचार शैलीलाई शुरुवात गरेको छ ।

फिल्मको केही समय अघि रिलिज गीत ‘ठुङ्दे ठुङ्दे’ले चर्चा पाईरहेपछि कार्टुनको मूर्तिमा गीत जस्तै मूर्ति शैलीको ठुङ्दे आकृति बनाएर त्यसलाई फेसबुकमा पोष्ट गर्ने क्रम बढेको छ । गीतका संगीतकार चेतन सापकोटा, निर्माता नरेन्द्र महर्जन, फिल्मका शुभचिन्तक तथा फिल्मकर्मी केशव भट्टराई र फिल्म पत्रकार मणिराज गौतमले मूर्ति पछाडि उभिएर तस्वीर खिचाएर फेसबुकमा हालिरहेका छन् ।

फिल्मका निर्माता नरेन्द्र महर्जनले सोमबार  रातीबाट फिल्मको  प्रचारका लागि ठुङदे शैली अपनाइएको बताए । ‘यो आकृतिलाई हामी उपत्यकासहित मोफसलका पोखरा, बुटवल, बिर्तामोडलगायतका मुख्य मुख्य स्टेसनमा राख्नेछौं, त्यसबाहेक चोक चोकमा पनि राख्ने योजना रहेको छ,’निर्माता महर्जनले भने,‘हामीले फिल्मका लागि यो नौलो प्रयोग गरेका हौं, यो अभियानमा फिल्मकर्मीदेखि दर्शकसम्मले सहभागिता जनाउन सक्नेछन् ।’ उनका अनुसार पेट्रोल आएपछि सहरका मुख्य मुख्य ठाउँमा कार्टुनको आकृति राखिनेछ ।


गीतका गायक तथा संगीतकार चेतन सापकोटा पनि फिल्मले अपनाएको अभियानबाट खुशी छन् । ‘यो कन्सेप्ट नयाँ र आकर्षक किसिमको छ, जसकारण दर्शकलाई हलसम्म तान्नलाई सजिलो पनि हुनेछ ’उनले भने,‘हामीले चोक तथा फिल्म हलमा आकृति राखेर दर्शकलाई सहभागितासँगै आकर्षक उपहारको समेत व्यवस्था गर्न लागेका छौं ।’

गीतमा चेतनलाई गायिका रेश्मा सुनुवारले साथ दिएका छन् । यो गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारीले फिचरिङ गरेका छन् । सुवर्ण थापा निर्देशित फिल्ममा अनुप बराल, दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म निर्माणमा नरेन्द्रलाई सहदेव गौतम र पदम गुरुङ सघाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ