arrow

कोहिनूर अभिनेता श्रीकृष्णको आज जन्मजयन्ती(कोहिनूर गीत)

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Shree.jpg.jpeg
काठमाडौं । गत वर्षको साउन २५ गते निधन भएका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको आज ४५ औं जन्मजयन्ती हो । अभिनेत्री स्वेता खड्गकासँग गत वर्षको असार २३ गते विवाह गरेर हनिमुन मनाउन भारत गएका बेला उतै निमोनियाले ग्रस्त भएपछि उपचार गराईरहेको अवस्थामा साउन २५ गते अभिनेता श्रेष्ठको निधन भएको थियो ।

निधनको दुई दिन अघि उनले निर्माण गरेको फिल्म ‘कोहिनूर’ नेपालमा रिलिज भईरहेको थियो । नेपाली फिल्म क्षेत्रमा स्वच्छ छवि, मृदभाषी, मिलनसार अभिनेताका रुपमा परिचित श्रीकृष्णले वि.सं. २०४५ सालबाट अभिनय यात्रा शुरु गरेका थिए । 

फिल्म ‘भूमरी’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका उनी ‘नाता’बाट नायकका रुपमा उदाएका थिए । उनले अभिनय गरेका फिल्महरु ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘सुख दुःख’, ‘ए मेरो हजुर’, ‘हामी तीन भाई’, ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’ हिट फिल्ममा पर्दछन् । ‘कहाँ भेटिएला’ उनैले निर्माण गरेको पहिलो फिल्म हो, जुन फिल्मको निर्देशन शिव रेग्मीले गरेका थिए । श्रीकृष्णलाई नेपाली फिल्म क्षेत्रमा हिट नायकका रुपमा स्थापित गर्ने श्रेय निर्देशक रेग्मीलाई जान्छ, जसको निधन श्रीकृष्णको निधन भन्दा एक वर्ष अघि भएको थियो । 

फिल्म ‘कोहिनूर’ले श्रीकृष्णको निधन पछि नेपाली फिल्मको व्यापारिक इतिहासमा सर्वाधिक बढी पैसा कमाउने फिल्मको रुपमा कीर्तिमान कायम गरेको थियो । यो फिल्मले झण्डै १२ करोड रुपैंयाँ बराबरको कारोबार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ