arrow

दोलखामा ओलीविरुद्ध प्रदर्शन, 'बाेलीको ठेगान नभएका ओलीले भन्दैमा फिल्मसिटी बन्न रोकिन्न '

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Madan-KP.jpg.jpeg
काठमाडौं। निर्देशक दिनेश डिसीको फिल्म‘फूलै फूलको मौसमलाई’को अडियो भिडियो सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यसअघि प्रस्तावित गरेको दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी बनाउने योजनाको आलोचना गरेपछि दोलखामा उनको व्यापक विरोध भएको छ। प्रधानमन्त्री ओलीले दोलखामा फिल्म सिटी नबन्ने जानकारी दिएको कुरा सञ्चारमाध्यममार्फत दोलखाबासीले थाहा पाएपछि मंगलबार बिहानदेखि नै स्थानीय राजनीतिक दलदेखि संघसंस्थाले प्रमको अभिव्यक्तिको कडा विरोध गरेका हुन् ।
 
प्रधानमन्त्रीले सोमबार ‘दोलखामा फिल्म सुटिङ स्टुडियो हुँदैन। हप्तामा दुई घन्टा घाम लाग्ने ठाउँमा स्टुडियो बन्दैन। स्टुडियो त यस्तो होस् जहाँ हिरोसँग रिसाएको झोकमा हिरोइनले हामफाल्ने तलाउ होस्। जहाँ हिरोइन रिसाएर माइती जाने ठाउँ होस्।’भन्ने अभिव्यक्ति दिएका थिए । ओलीले तनहुँ, गोरखा, लमजुङ लगायतका जिल्लालाई समेटेर बनाइने स्मार्ट सिटी बनाउने योजना रहेको र त्यसमा नै फिल्म स्टुडियो पनि बन्ने बताएका थिए।
 
ओलीको अभिव्यक्ति आएपछि दोलखामा रहेका विभिन्न राजनीतिक दल तथा संघसंस्थाले विज्ञप्तिमार्फत अभिव्यक्तिको विरोध गरेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भाषालाई सच्याउन माग गर्दै नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
दोलखाका पत्रकार दीपशंकर चौलागाईका अनुसार ओलीको विरोधमा चरिकोटमा नाराजुलुस भईरहेको छ भने स्थानीय सातदोबाटो चोकमा कोणसभा गरेर प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम समेत रहेको छ।
 
केही वर्ष अघि नेपाल चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकारले डाङडुङे डाँडामा फिल्म सिटी बनाउने विषयमा अध्ययन गर्न दुई करोड बजेट छुट्याएको थियो। फिल्म सिटीको बारेमा प्रारम्भिक रुपमा केही अध्ययनका काम भए पनि त्यसपछि भने त्यो कामले निरन्तरता पाउन सकेन।
 
फिल्म सिटीको अभियन्ता बरिष्ठ कलाकार मदनदास श्रेष्ठले फिल्मिसिटीको बारेमा सरकार प्रमुखको हैसियतमा ओलीले दिएको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिए। मदनदासले भने ' ओलीको वोलीमा ठेगान छैन। जे पायो त्यहि बोलेर कसरी हुन्छ। '
 
मदनदासले अध्ययनको काम टुङगिएर गुरुयोजनाको काम शुरु भएको बताए। बनले वातावरण मन्त्रालयलाई पत्र लेखेर काम बढाइसकेो छ। चलचित्र विकास वोर्डले दोलखामा फिल्म सिटी बनाउने काम भइरहेको बताएको छ। उसले रोक्ने कुनै नीति छैन भनेर भनिरहँदा प्रधानमन्त्रीले किन यस्तो अभिव्यक्ति दिए अभियन्ताहरु रुष्ट भएका छन्। 
 
मदनदासले काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्ने तयारीमा लागेका छन्। चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले प्रधानमन्त्रीले बोलेको केहि जानकारी नभएको बताएका छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ