arrow

ओली र सिटौलाको पुर्खेउली गाँउमा को को छन् प्रमुखको आकाङक्षी ?

logo
सुवास निरौला,
प्रकाशित २०७३ चैत १९ शनिबार
oli-sitoula.jpeg
काठमाडौं । नेकपा एमालेका अध्यक्ष के पी ओली र काग्रेंसका पुर्व महामन्त्री कृष्ण सिटौलाको पुर्खेउली गाँउ आठराई गाँउपालिकामा कुन पार्टीले कस्लाई उम्मेदवार बनाउलान् भन्ने बिषयले यतिबेला बिशेष  चर्चा पाउन थालेको छ।
 
साविकका खाम्लालुङ, सक्रान्तीबजार, ह्वाकु, ईवा,छातेढुंगा,चुहानडाँडा र थोक्लुङ गाबिस मिलेर बनेको आठराई गाँउपालिकाको प्रमुखमा  बिभिन्न पार्टीमा बिभिन्न नामहरुको चर्चा सुरु भएको छ। पुर्व प्रधान मन्त्री केपि ओली र काग्रेंसका महामन्त्री कृष्ण सिटौला जन्म थलो  भएकाले यसलाइ बिशेष महत्वका साथ लिइएको छ।  नेपाली राजनीतिको महत्वपुर्ण हिस्सा ओगटेको आठराई गाँउपालिको प्रमुखको लडाइ समेत प्रतिष्ठाको बिषय हुने जानकारहरु बताउछन् । 
 
आगामी बैशाख ३१ गते हुनलागेको स्थानिय तहको निर्वाचनको लागी नेपाली काग्रेंसले  हरी डागी नारायण इङनाम, भिष्म थपलीया मध्ये एकलाई उठाउन सक्ने अनुमान हुन थालेको छ।  उता प्रमुख प्रतीपक्ष नेकपा एमालेबाट  बिष्णु बिक्रम लिम्बु, आर सी थपलीया, सोम गौतम र गोपी ढुगांना लगायतको नाम चर्चामा  छ। भिम कन्दङवा, डम्वर इङनाम र अरुण फोम्वोले मावोबादी बाट गाँउपालिका प्रमुखको लागी दावेरारी गरेका छन् स्मरणीय कुरा के छ भने नेकपा एमालेका जिल्ला अध्यक्ष तेजमान कन्दङवा र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गा चापागाई सचिन समेत यही गाँउपालिकाबाट प्रतिनिधीत्व गर्छन । 
 
सवै पार्टीले स्थानिय स्तरमा भिजिसकेका ब्यत्तीहरुलाई गाँउपालिका प्रमुखमा नाम चर्चामा ल्याए सगै कस्ले यो नै गाँउपालिका प्रमुख बन्ला भन्ने अन्दाज लगाउन समेत कठीन परेको छ । 
 
साथै २ नगरपालिका सहीत छ वटा स्थानीय तह रहेको तेह्रथुममा अन्य गाँउपालिका प्रमुखमा समेत  पार्टीहरुमा गाँउपालिका प्रमुखको नाम चर्चा सुरु भएको छ। फेदाप गाउँपालिकामा काग्रेंस बाट मनोज भेटवालको एकल नाम चर्चामा छ भने एमाले बाट तारा मादेन र राम तिम्सीनाको नाम चर्चामा छ तेस्तै मावोवादी वाट बिजय सम्बाम्फे र तारा भट्टराइले प्रमुखको लागि मनसाय बनाएको बुजीन्छ।
 
मेन्छाएम गाउँपालिकामा भने देउमान लिम्बु , राज्यप्रसाद लिम्वुले काग्रेंसका तर्फबाट गाँउपालिका प्रमुखका अकाङक्षीहरु हुन। यादव खापुङ र नेत्र पन्धाकको नाम एमाले वृतमा चर्चा छ भने मावोवादी बाट बसन्त सिंह खापुङको चर्चा सुरु भएको छ।
 
काग्रेंसका  टंकराज तिगेला  र नारायण लिम्बुको नाम छथर गाउँपालिका प्रमुखको नाममा चर्चा हुन थालेको छ भने एमाले बाट धर्म खुलालको नाम चासोका साथ हेरीएको छ। तेस्तै  मावोवादीका तर्फबाट इन्द्र इङसाङ , तेजवहादुर कट्टुवाल र अनिल आङखेवालाई गाउँपालिका प्रमुखका रुपमा बहस सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ