arrow

देउवा र कोइरालालाई विश्राम लिन पौडेलको आग्रह

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
ramchandra-poudel.jpg.jpeg
गुल्मी। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब लर्‍याङ तर्‍याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गर्नुभएको छ । 
 
नेपाली काँग्रेस गुल्मीले आज आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास आइपुग्नुभएका नेता पौडेलले अब सधै भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताउनुभयो । 
 
उहाँले दुई नेताहरुले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उहाँहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
 
नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मैले उहाँहरुलाई अब आराम गर्नुस्, पार्टी म हाँक्छु भनेको छु । ” उहाँले यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो । 
 
अर्को प्रसङ्गमा उहाँले यही संविधानको सेरोफेरोमा रहेर मधेसको समस्या समाधान हुने बताउँदै उहाँले काँग्रेसले सरकार बाहिरबाटै भए पनि मधेसको आन्दोलन अन्त्य गर्नका लागि भूमिका निर्वाह गरिरहेकाले अब मधेस आन्दोलन रोकिने विश्वास व्यक्त गर्नुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ