arrow

प्रिमियर लिग फुटबलमा चेल्सीको लज्जास्पद हार, म्यानचेष्टर युनाइटेड सुध्रिएन

आर्सनल र म्यानचेष्टर सिटीबीच महाभिडन्त

logo
प्रकाशित २०७३ चैत २० आइतबार
chelsea-crystalpalace.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार भोगेको छ । शनिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलेको चेल्सी रेलिगेशनबाट बच्न संघर्षरत क्लव क्रिष्टल प्यालेससंग २–१ ले पराजित भएको हो ।
 
खेलको ५ मिनेटमै सेस फाब्रिगासले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । त्यसको ४ मिनेटमै विलफ्राइड जाहाले गोल गरेर क्रिष्टललाई बराबरीमा ल्याए । फेरि त्यसको दुई मिनेटमै क्रिष्टियन बेन्टेकेले गोल गरेर क्रिष्टललाई २–१ ले जिताए ।
 
बाँकी रहेको ७९ मिनेटमा चेल्सीले आफ्नै मैदानमा त्यो पनि कमजोर क्रिष्टल प्यालेसमाथि गोल फर्काउन नसक्नुले भने फुटबल जगत् नै आश्चर्यमा परेको छ । गोलको बदलामा डिएगो कोष्टा, गेरी काहिल र डेभिड लुइजले पहेंलो कार्ड खाएका थिए ।
 
४१,४८९ दर्शकलाई निराश पारेको यो खेलमा पराजित भएसंगै उपाधिको एकमात्र दावेदार चेल्सीले यस्तै प्रदर्शन गर्ने हो भने उपाधि पनि गुमाउन बेर नलाग्ने टिप्पणी हुन थालेको छ । 
 
यो हारपछि चेल्सीको २९ खेलबाट ६९ अंक छ । दोस्रो स्थानको टोटनह्याम हट्सपरको ६२ अंक भएको छ । ७ अंकको मात्र अन्तर गर्ने क्रममा टोटनह्यामले शनिबार रातिको खेलमा बर्नलीलाई २–० ले हरायो ।
 
त्यस्तै लिभरपुल ३० खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले शनिबार राति नै एभर्टनलाई घरेलु मैदानमा ३–१ ले हरायो । 
 
त्यस्तै हल सिटीले वेष्टह्याम युनाइटेडलाई २–१ ले तथा वाट्फोर्डले सन्डरल्याण्डलाई १–० ले हराउँदा साउथह्याम्पटनले बर्नमाउथसंग र म्यानचेष्टर युनाइटेडले वेष्टब्रोमविच आल्बियनसंग गोलरहित बराबरी खेल्यो ।
 
यो गोलरहित बराबरीले म्यानचेष्टर युनाइटेडका प्रशिक्षक होजे मौरिन्होलाई एक पटक फेरि झड्का लागेको छ । म्यानचेष्टर युनाइटेड २८ खेलबाट ५३ अंकसहित पाँचौं स्थानमा छ ।
 
यही लयमा जाने हो भने म्यानचेष्टर युनाइटेड शीर्ष चारसम्म रहने सम्भावनासमेत गुम्ने खतरा छ ।
 
म्यानचेष्टर सिटी २८ खेलबाट ५७ अंकसहित चौथो स्थानमा छ । त्यस्तै २७ खेलबाट आर्सनल ५० अंकसहित छैटौं स्थानमा छ । 
 
राति ८ः३० बजे आर्सनल र म्यानचेष्टर सिटीबीच महाभिडन्त हुँदैछ । खेल आर्सनलको मैदानमा हुनेछ । त्यस्तै साँझ ६ः१५ बजे स्वान्सी र मिडिल्सब्रो भिड्ने छन् । 
Chelsea make a powerful start to the game and are ahead after just five minutes thanks to a Cesc Fabregas' strike 
Spanish midfielder Fabregas hit his sixth goal of the season as the Blues look to continue their superb home form this season 
Fabregas celebrates his early opener and the Chelsea playmaker had Eden Hazard to thank after the Belgian's smart assist 
Chelsea's lead does not last long, however, as in-form forward Wilfried Zaha makes it 1-1 four minutes later 
Zaha celebrates with Jason Puncheon (right) after the Eagles star weaved his way through the Blues defence for a smart score
Zaha has been playing with supreme confidence under Sam Allardyce and once again delivered for the Crystal Palace boss 
The early drama continues as the visitors storm into a 2-1 lead two minutes later thanks to Christian Benteke's 11th minute goal
Benteke celebrates in front of the Stamford Bridge faithful as Palace look to seal their first win over a London side this season 
Chelsea manager Antonio Conte is in typically animated humour no the sideline as his side chase an equaliser 
Crystal Palace had Wayne Hennessey to thank on several occasions in the first-half as the keeper made some excellent saves 
Hazard, who returned to the Chelsea line-up after returning from injury, looks to ghost past Andros Townsend  
Jose Mourinho has a face of thunder as his side struggle to break down West Brom
Mourinho jots down notes as his side struggle to find their clinical edge at Old Trafford
Mkhitaryan failed to beat Albion goalkeeper Ben Foster when put clean through Mkhitaryan failed to beat Albion goalkeeper Ben Foster when put clean through
Anthony Martial, Henrikh Mkhitaryan, Marcus Rashford and Jesse Lingard failed to deliver
Martial went close with a header as United tried to find a way through the Albion defence
Marcus Rashford went close with a couple of shots but it was another frustrating afternoon
Teenager striker Rashford has not scored a league goal for United since September
 
 



नयाँ