arrow

पक्राउपछि बाबुरामले यस्ताे चेतावनी दिए

logo
प्रकाशित २०७३ चैत २० आइतबार
baburam-arest-hh.jpeg

काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय चिन्ह नदिएसम्म धर्ना जारी राख्ने बताएका छन् । भट्टराईले प्रहरी नियन्त्रणमै धर्ना बस्ने बताएका हुन् ।

आफ्नो पार्टीलाई संविधान अनुरुप चुनाव चिन्ह दिनु पर्ने माग गर्दै आइतबार विहान नयाँ शक्ति लगायतका दल निर्वाचन आयोग घेराउ गर्न पुगे । घेराउको क्रममा निषेधित घेरा तोडेको भन्दै भट्टराई, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहित ७० जनालाई प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रमा लिइएका नेतालाई प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लब भित्र राखिएको छ ।

ऐन संशोधन गरेर दलीय चुनाव चिन्ह नदिएसम्म संयोजक बाबुराम भट्टराईसहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मा लगायत प्रहरी नियन्त्रणमा रहेका नेता कार्यकर्ता पुलिस क्लबभित्रै धर्नामा बताइएको छ ।

संविधानको धारा २६९ (७०) (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनु पर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको उनीहरुको जिकिर छ । निर्वाचन ऐनले संसदमा रहेका दलले मात्रै चुनाव चिन्ह पाउने व्यवस्था गरेको छ । सो नियमानुसार २६ दलले मात्रै चुनाव चिन्ह पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ