arrow

'संविधान संशोधन गरेर दुई चरणमा निर्वाचन गर्नुपर्छ'

logo
प्रकाशित २०७३ चैत २० आइतबार
PashupatiRana_Rpp.jpeg
काठमाडौ । सत्तारुढ दल राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्नेमा जोड दिएका छन् । आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले मधेशी मोर्चालाई पनि चुनावमा समेट्नको लागि चुनाव दुई चरणमा गर्नुपर्ने बताएका हुन्। 
 
उनले मधेशी मोर्चाले भनेझै संविधान संशोधन गरेर मात्र चुनाव हुनुपर्ने भन्दै संशोधनमा उल्लेख भएका विषयहरुलाई केही हेरफेर गर्नुपर्ने बताए । उनले सिमांकनबाहेक अन्य तीन वटा विषयहरु भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वमा केही सामान्य हेरफेर भए आफ्नो पार्टीलेपनि पनि संशोधन प्रस्तावको प्रक्रियामा भाग लिएर पक्षमा मतदान गर्ने स्पष्ट पारे । 
 
नेता राणाले संशोधनमा उल्लेख भएका विषयमध्ये नागरिकतामा केही कडाइ गरिनुपर्ने बताउँदै भने, ‘नागरिकताको प्रावधान खुकुलो भयो, यसलाई अलिक कडाई गर्नुपर्छ ।’ उनले मुलुकभर अहिले निर्वाचनको पक्षमा माहोल र जनमत बनेकोले जनताको उत्सुकतालाई सबै दलहरुले कदर गर्नुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ