arrow

मगर होम स्टे सञ्चालनमा

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
magar.jpg.jpeg
रत्ननगर (चितवन) । जिल्लाको माडी उपत्यकामा मगर होम स्टे सञ्चालनमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि हालै यहाँ ११ वटा मगर होम स्टे निर्माण भएका थिए । होम स्टे सञ्चालन समितिका अध्यक्ष मोहनबहादुर मगरले ती होम स्टे ४४ जना बस्न मिल्ने क्षमताका रहेका छन् । स्थानीय अगुवा श्रीप्रसाद दवाडीका अनुसार होम स्टे यही हप्ताबाट पर्यटकका लागि खुला गरिएका छन् । 
 
स्थानीय समुदायको सक्रियतामा चितवन निकुञ्ज, स्थानीय मध्यवर्ती तथा अयोध्यापुरी मध्यवर्ती सहकारीको आर्थिक सहयोगमा होम स्टे निर्माण भएको उहाँले बताउनुभयो । “भौतिक पूर्वाधारको अभावमा यहाँ पर्यटक बस्न सकेका थिएनन्” उहाँले भन्नुभयो । होमस्टे सञ्चालनको लागि प्रशिक्षण समेत दिइएको छ । यहाँ होम स्टेसँगै रु १२ लाखको लागतमा सामाजिक भवन समेत निर्माण गरिएको छ । यसअघि माडीको इनरबरुवा र पाण्डव नगरमा होम स्टे सञ्चालनमा थिए । माडीमा अहिले १५ वटा होम स्टे सञ्चालनमा छन् । माडी संरक्षित वन्यजन्तु बाघ, गैंडा, भालु, हात्ती, जरायोलगायत चराचुरुङगीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँ विभिन्न धार्मिक कुण्डसमेत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ