arrow

जानकी मन्दिर क्षेत्र तनावग्रस्त

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
janaki-mai1.jpg.jpeg
जनकपुरधाम । प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकारीले चौकीलाई लक्ष्य गरी ३४ पेट्रोल बम प्रहार गरेका थिए । सोमबार पनि भएको झडपमा २२ प्रदर्शनकारी घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ