arrow

एमाले घोराही ६ को वडा कार्यालय उद्घाटन

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
cpnuml.jpeg
दाङ । नेकपा एमाले घोराही उप महानगरपालिका वडा नम्वर ६ को वडा कार्यालय एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । साविक सौडियार गा.वि.स.वडा नम्वर ४ फचकपुरमा एमाले घोराही उप महानगरपालिका ६ को वडा कार्यालय स्थापना गरिएको हो । 
 
नेकपा एमाले वडा नम्वर ६ का संयोजक थुरेनद्रबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य भागवत बिश्वासीले वडा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै पोलिटव्यूरो सदस्य बिश्वासीले स्थानीय तहको निर्वाचनमा एमालेले जितेमा मात्र राष्ट्रको हित हुने भएकाले जस्तो सुकै मुल्य चुकाएर भएपनि चुनाव जित्नुपर्ने बताए । 
 
उनले देश अहिले एमालेको एजेण्डामा चलिरहेको भन्दै केपी ओली सरकारले ल्याएको जनमुखी र लोकप्रिय कार्यक्रम जनताकोबीचमा लगेर चुनावी महोल सृजना गर्न अनुरोध गरे । कुनै समय एमालेले बुढाबुढीलाई गोली हानेर मार्छ, सरकारको ढुकुटी कनिका छिटे जसरी बृद्धबृद्धालाई बाँढियो भनेर नकारात्मक टिप्पणी गर्ने कांग्रेस अहिले तिनै कार्यक्रम आफ्नो सरकारले ल्याएको भन्दै जनतामा भ्रम सृजना गरिरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ