arrow

कपिल शर्मालाई सोनी च्यानलले दियो एक महिनाको अल्टीमेटम

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
kapil-sharma_1490435994.jpeg
एजेन्सी । कपिल शर्मालाई लिएर सोनी एन्टरटेनमेन्ट च्यानलले  २०१७- १८ को कन्ट्रक्ट रीन्यू  गर्न आनाकानि गरेको छ । २४ अप्रिल २०१६ लेखि सुरु भएको द कपिल शर्मा शोको पहिला एपिसोड निकै  हिट भएको थियो । जसकारण सोनी च्यानलको खुशी बढेको थियो । 
 
त्यस समय च्यानलले स्टार कमेडियन र उनका सहयोगि कलाकारलाई ठुलो राशी दिन तयार रहेको थियो । तर  अब च्यानलले १०६ करोडको डील रिन्यु नगर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार  सोनी च्यानलले कपिललाई आफ्नो वानि सुधार गर्न एक महिनाको समय दिएको छ । साथै कपिलले आफ्नो  शोबाट बाहिरिएका सदस्यहरु र च्यानलको टीआरपी फर्काउन सफल भए मात्र च्यानल कन्ट्रायक्ट रिन्यू गर्ने बिषयमा सोच्ने बताएको छ ।
 
अहिले शोको टीआरपी लगातार झर्दो अवस्थामा रहेको छ भने कार्यक्रम टप १० बाट बाहिरिएको छ । कपिल र सुनीलको झगडाको असर सोनीमा परेको स्पष्ट देख्न सकिन्छ । झगडाले शोको नकारात्मक पब्लिसिटी भएको छ । साथै सुनील ग्रोवर र उनको साथी चन्दन प्रभाकर, सुगंधा मिश्रा र अली असगर शोमा फिर्ता आउने मूडमा रहेका छैनन् ।
 
त्यस्तै वरिष्ठ कमेडियन राजू श्रीवास्तवलाई सुनील ग्रोवरको ठाउमा ल्याइएको छ तर उनि डाक्टर गुलाटीको स्थान लिन सफल देखिदैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ